बुटवल,५ जेठ ।
भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट नवलपरासी पश्चिमको स्वाठीमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१ सण्डाका २२ वर्षीय जीवन यादव रहेका छन् ।को दुर्घटनामा ज्यान गएको हो ।

सुनवल–परासी सडकखण्डमा परासीतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडीले विपरीत दिशाबाट आइरहेको लु ३६ प २५०० नम्बरको मोटरसाइकललाई सुनवल नगरपालिका–९ स्वाठीमा ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी पुर्याइएकोमा उपचारको क्रममा यादवको गयराति ९ बजे मृत्यु भएको हो ।

दुर्घटनापछि भारतीय नम्बर प्लेटको सानो गाडी भागेको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको र घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।