काठमाडौ,१ जेठ ।
आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र बहराइनबीचको खेल वर्षाले रोकिएको छ ।
बैककको ट्रेडथाइ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा ३ विकेटको क्षतिमा ७६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।
क्रिजमा जेनिब फजिल ४ र अविरा वारिस १ रनमा नटआउट छन् । रसिका रोड्रिगो २४ रन बनाउँदा रन आउट भईन भने कप्तान दिपीका रसनगिका २३ रन बनाउँदा रन आउट नै भईन् । ओपनर थाराङगा गजनायके १२ रन बनाएर रन आउट हुन पुगिन् ।
सुपर थ्रीमा स्थान बनाउन नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ । आजको खेलमा हार भोगे नेपाल समुह चरणबाटै बाहिरिनेछ ।
नेपालले आज बहराइनलाई हराएर मात्र पुग्दैन अर्को खेलमा हङकङ बहराइनसँग पराजित हुनुपर्नेछ । सो खेलमा हङकङले जित निकालेको अवस्थामा नेपालले आज जित निकालेपनि समूह चरणबाटै बाहिरिनेछ ।








