काठमाडौ,३१ बैशाख ।
पाकिस्तानी रेन्जर्सकाे नियन्त्रणमा रहेका भारतीय बीएसएफ (सीमा सुरक्षा बल) जवान पूर्णम कुमार सावलाई बुधबार भारतलाई सुम्पिएको छ ।
गत अप्रिल २३ मा पूर्णम कुमारलाई पन्जाबको अटारी सीमाबाट पाकिस्तानी रेन्जर्स टोलीले पक्राउ गरेको थियो ।
बीएसएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अप्रिल २३ देखि पाकिस्तान रेन्जर्सको हिरासतमा रहेका बीएसएफ जवान पूर्णम कुमारलाई आज बिहान १०.३० बजे अमृतसरको संयुक्त चेक पोस्ट अटारीमा भारतीय सेनालाई बुझाइएको छ ।’
स्थानान्तरण शान्तिपूर्ण र स्थापित प्रोटोकलअनुसार गरिएको पनि विज्ञप्तिमा जनाइएको छ ।
अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो र मे ७ मा पाकिस्तानमा भारतको हवाई आक्रमणपछि स्थिति द्वन्द्वग्रस्त बनेको थियो ।
मे १० मा दुई देशबीच युद्धविराम भएको भएपछि दुवै देश तनाव कम गर्ने प्रयासमा छन् ।








