बुटवल,२६ वैशाख ।
बुटवल कालिका क्याम्पसको स्टुडेन्ट क्वालिटी सर्कलले आकस्मिक रक्तदान गरेको छ । रगत अभावको अवस्थालाई मध्यनजर गर्दै क्याम्पसमन आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको स्टुडेन्ट क्वालिटी सर्कलका अध्यक्ष अनिता भुसालले जानकारी दिइन् ।

आकस्मिक रक्तदानबाट १ सय ४० पोइन्ट रगत संकलन भएको उनलेे बताइन् । साे अवसरमा बुटवल कालिका क्याम्पसका अध्यक्ष होमबहादुर गलामीले स्टुडेन्ट क्वालिटी सर्कलले मानव सेवाको सर्वोत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

क्याम्पस प्रमुख घनश्याम पाठकले भर्खरै निर्वाचित स्टुडेन्ट क्वालिटी सर्कलले आफ्नो रगत दिएर अरुको ज्यान बचाउने सिर्जनात्मक कार्यको सुरुवात गरेको भन्दै आगामी दिनमा अझै रचनात्मक र सिर्जनात्मक कामहरुलाई अगाडि बढाउन आग्रह गरे ।

रक्त सञ्चार केन्द्र बुटवल को प्राविधिक सहयोगमा भएको आकस्मिक रक्तदान कार्यक्रममा सहायक क्याम्पस प्रमुख महेश पाण्डे,बि बि एस संयोजक बुद्धिराम चौधरी,लगायत प्राध्यापकहरू र विद्यार्थीहरूको सहभागीता रहेको थियो ।