बुटवल,२५ बैशाख ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकाकाे सौ फर्साटिकर स्थित एक विद्यालयकाे बसमा आगलागि भएको छ । शुद्धोधन गाउपालिका वडा नं ४ फर्साटिकर स्थित लिटिल फ्लावर बाेर्डिङ स्कुलको बसमा एक्कासी आगलागि भएको हो ।

आज बिहान विद्यार्थी बोकेरे स्कुल जादै गरेको बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको स्थानीयले बताएका छन् । आगलागी हुँदा बसमा विद्यार्थी खचाखच थिए ।

विद्यालयकै अगाडी पुगेपछि बसमा अचानक आगो लागेपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले मिलेर बिद्यार्थीको उद्धार गर्नुका साथै आगो निभाएकाे स्थानीय मनोज भण्डारीले बताए ।

आगलागीबाट विद्यालयको लु १ क १३२६ नम्वरको बस पूर्णरुपमा जलेको छ ।