दाङ,१९ बैशाख ।
दाङको तुलसीपुरमा विद्यार्थीको खुँडा प्रहारबाट एक शिक्षक घाइते भएका छन् ।

जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका-६ स्थित हिमाल बोर्डिङ स्कुलका शिक्षक तुलसीपुर-६ रजौराका ३७ वर्षीय विशेष श्रेष्ठमाथि स्कुल परिसरभित्रै खुँडा प्रहार भएको प्रहरीले जनाएको छ ।

साेही स्कुलमा १२ कक्षामा अध्ययनरत तुलसीपुर-४ रक्षाचौरका १८ वर्षीय सुरेश सुनारले एक्कासि धारिलो खुँडा प्रहार गरी शिक्षकलाई घाइते बनाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख,प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए ।

केही दिनअघि शिक्षकले कुटेको भन्दै त्यसको बदला लिन विद्यार्थीले शिओकमाथि खुँडा प्रहार गरेको बुझिएको प्रहरीकाे भनाइ छ । घाइतेको राप्ती लाइफ केयर अस्पताल तुलसीपुरमा उपचार भइरहेको र घटना बारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।