काठमाडौं,१७ बैशाख ।
२९ दिनदेखि आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न आज (बुधबार) साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

मन्त्रिपरिषद्‍बाट ९ बुँदे माग सम्बोधन गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्ने जनाएका शिक्षक महासंघको माग सम्बोधन गर्न आज मन्त्री परिषद्को बैठक बस्ने तयारी भएको हो ।

तीन दिनदेखि लगातार शिक्षक महासंघ र शिक्षामन्त्रीबीच वार्ता भईरहेको छ ।

शिक्षा मन्त्रालयमा आज बसेको बैठकले निर्णय गरेर मन्त्रिपरिषद्बाट पास गर्ने तयारी भएको जनाइएको छ ।

महासंघले विद्यालय शिक्षा ऐन ल्याउने समय तोक्नुपर्नेलगायत ९ बुँदे माग सम्बाेधन गर्ने निर्णय गर्नुपर्ने प्रस्ताव पेस गरेको छ ।