आफ्ना नौ बुँदे माग सम्बोधन गरे आन्दोलनको स्वरुप परिवर्तन गर्ने महासंघको निर्णय
काठमाडौँ,१६ बैशाख ।
आन्दोलनरत नेपाल शिक्षक महासंघका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबिच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा सुरु भएको वार्तामा शिक्षकहरुले उठान गरेका मागका विषयमा छलफल हुनेछ । हिजोको वार्ता सकारात्मक रहेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।
वार्तामा बस्नु अघि मंगलबार महासंघको विस्तारित पदाधिकारी बैठक बसेको थियो । बैठक सकेपछि शिक्षामन्त्रीसँग वार्ताका लागि महासंघको टोली सिंहदरबार गएकाे हो ।
बैठकले सरकारले मन्त्रिपरिषदबाट पूरा गर्न सक्ने आफ्ना नौ बुँदे माग सम्बोधन गरे आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो ।
महासंघको बैठकले आन्दोलन सँगसँगै सरकारसँग पूर्वसहमति कार्यान्वयनबारे स्पष्ट मार्गचित्रसहित निर्णायक वार्ता गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
शिक्षा मन्त्रालयले दिउँसो ३ बजे वार्तामा बोलाएको थियो । शिक्षकहरूको बैठक लम्बिँदा वार्ता ५ घण्टा ढिलो सुरू भएको हो ।