काठमाडौँ,१४ बैशाख ।
राजधानी काठमाडौँको नयाँ बानेश्वरमा प्रहरी र शिक्षकहरूबीचको झडपमा एक पत्रकारसहित ४२ जना घाइते भएका छन् ।
आइतबार भएको झडपमा शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते भएका हुन् ।
काठमाडौंकाे बिजुलीबजार-नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुले निषेधित क्षेत्र तोडन् खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपकम ३६ जना शिक्षक, ५ प्रहरी र १ पत्रकार घाइते भएका हुन् ।
आन्दोलनको क्रममा घाइते भएकाहरुलाई काठमाडौँका विभिन्न अस्पतालमा लगिएको छ । शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहरासमेत हानेको थियो ।
माइतीघर मण्डलाबाट बिहान ११ बजे विरोध जुलुस सुरु भएको थियो । शिक्षकहरु आज २६ औँ दिन पनि सडक आन्दोलनमा छन् ।







