काठमाडौँ,१३ बैशाख ।
राजधानी काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा एक शिक्षकमाथि शिक्षकले नै कुटपिट गरेका छन् ।

शनिवार दिउँसो काठमाडौंकाे बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि कुटपिट भएको हो । उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल समेत भएको छ ।

कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत विद्यालयका शिक्षक जाेशी आन्दोलनमा सहभागी भएका थिए ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपीलराज बोहराका अनुसार उनलाई तत्कालै प्रहरीले उद्वार गरेको थियो । आपसी विवादमा घटना भएको सुनिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले छुटाएरा लगेको सार्वजनिक भिडिओमा देखिएको छ ।