काठमाडौं,१३ वैशाख ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले आज बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।
सधैजसाे माइतीघर–बबरमहल सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरू निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्र अघि बढ्ने प्रयास गरेका हुन् ।
निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई रोकेको छ ।
बिगत ८५ औं दिनदेखि चरणवद्व आन्दोलन गर्दै आएका शिक्षकहरू शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन पुगेको छ ।
शिक्षक आन्दोलनका कारण लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाएको छ । आज बिहानमात्रै सिंहदरबारमा वार्ता पनि भएको थियो । तर, वार्ता निष्कर्षमा पुगेको छैन ।
यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनदिन भित्र शिक्षकका जायज माग सम्बोधन गर्न आदेश दिइसकेको छ ।
#






