काठमाडौ,१२ वैशाख ।
सरकार र आन्दोलनरत शिक्षकबीच आज बिहानैदेखि वार्ता सुरु भएको छ । सिंहदरबारस्थित शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको हो ।

शुक्रबार दिउँसो तीन बजे बस्ने भनिएको वार्ता भाँडिएपछि आज बिहानदेखि सुरु भएको हो ।

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै समाधान खोज्न सरकार प्रतिबद्ध रहेको भन्दै शिक्षकहरूलाई वार्तामा बोलाएका थिए ।

यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनदिनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिएको थियो । सोही अनुसार मन्त्रालयले वार्ताबाट माग सम्बोधनको प्रयास गरेको हो ।

शिक्षकहरूले गत चैत २० गतेदेखि शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएका छन् ।

लामो समय शैक्षिक हड्ताल हुँदा सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियानका साथै पढाइ प्रभावित भएको छ ।