बुटवल,११ बैशाख ।
भारतको जम्मू–कश्मीरस्थित पहलगाम आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव भारतीय पक्षले परिवारलाई जिम्मा लगाएको छ ।
बिहीबार बिहान नेपाल-भारत सीमा नाका सुनाैलीमा जिल्ला प्रशासन कार्यालय रूपन्देही,बुटवल उपमहानगरपालिकाकाे राेहाेवरमा भारतीय पक्षले उनको शव परिवारको जिम्मा लगाएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाबुदेव घिमिरेले सुनौलीमा बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा मृतकका मामा महाश्रम पाण्डेले शव बुझेको जानकारी दिए ।
त्यस क्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयसहितका जनप्रतिनिधि तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूकाे सहभागीता रहेको थियो ।
बुटवल उपमहानगरपालिका–११ होराइजन टोलका २७ वर्षीय सुदीप केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको जम्मु कासणमीर भ्रमणमा गएका थिए । उनलाई मंगलबार कश्मीरमा आतंककारीले गोली हानी हत्या गरेको थियो ।
सुदिपकाे शव अहिले बुटवलको कालिकानगर ल्याइएकाे छ ।
कास्मीरबाट राजधानी नयाँदिल्ली लगिएको सुदिपकाे शव दिल्लीबाट हवाई मार्ग हुँदै लखनउ र लखनउबाट सडक मार्ग हुँदै आज बिहान सुनाैली ल्याइएको थियो ।






