काठमाडौं,८ बैशाख ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले सोमबार पनि प्रदायक जारी राखेका छन् ।
बिगत १९ दिनदेखि निरन्तर आन्दोलनमा रहेका शिक्षकहरूले साेमबार पनि काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।
सरकारले संसदको आगामी अधिवेशनबाट विधेयक जारी गर्ने प्रतिबद्धता जनाएको छ । तर विगतमा पटकपटक सम्झौता गरेर पनि कार्यान्वयन नगरेको भन्दै उनीहरु विश्वस्त हुन सकेका छैनन् ।
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने शिक्षकहरूको अडान कायमै छ । सरकारले वैशाख १२ गतेदेखि संसद् अधिवेशन बोलाउँदैछ। यही अधिवेशनबाट विधेयक जारी हुने सरकारी तयारी छ ।
सरकारले आन्दोलन अन्त्य गर्न अपिल गरिरहँदा शिक्षकहरु ऐन जारी भएको दिन मात्र आन्दोलन रोक्ने अडानमा अडिएका छन् ।






