नवलपरासी,८ बैशाख ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालको जन सम्बन्ध विस्तार अभियानको केन्द्रीय अभियान टोली ब्यापक जन परिचालन सहित भारत अतिक्रमित नवलपरासीको सुस्तामा पुगेको छ ।
ब्यापक जनपरिचालन सहित जन सम्बन्ध विस्तार अभियानको केन्द्रीय टोली आइतवार सुस्ता पुगेर नाराजुलुस एंव कोण सभा गरेको हो ।
सभामा पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुर्दशनले सुस्ता लगायतका क्षेत्र अतिक्रमण हुनुमा सत्ता र ब्यवस्था जिम्मेवार रहेको बताए ।
कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेयलगायतले सम्बाेधन गरेका थिए ।
उता नवलपरासीको सुर्यपुरा चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टीका पाेलिटब्युराे सदस्य लाल बहादुर जाग्रीले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा उभिन जनतालाई आब्हान गरे । सभामा जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरीलगायतले आ आफ्नो भनाइ राखेका थिए ।
त्यस्तै आइतवार नै सुस्ता गाउँपालिकाको केन्द्र कुडियामा भएको कोण सभालाई सम्बोधन गर्दै सेक्रेटरी पाण्डेयले सिंहदरवारको भष्ट्राचार गाउँ गाउँमा आएको भन्दै त्यसको भण्डाफोर जरुरी रहेको बताए ।
यसअघि नवलपरासीको बर्दघाट स्थित जिमिरेभार,प्रतापपुरको गोपीगंज र सुर्यपुरा चोकमा पनि कोण सभा भएको सो पार्टीले जनाएको छ । जिमिरेभारमा पार्टी केन्द्रीय सदस्य नवीन खड्का, जिल्ला समिति सदस्य चुडामणी भण्डारीलगायतले पार्टीले संचालन गरेको जनसम्बन्ध बिस्तार अभियानकाे उदेश्य बारे प्रकास पारेका थिए ।
त्यस्तै गोपीगंजको सभामा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय,जिल्ला समिति सदस्य चुडामणी भण्डारीलगायतले सम्बोधन गरेका थिए ।
अभियान टोलीले शहिद स्मृति अस्पतालमा रहेको शहिद सुर्य विक्रम थापा (सलीम)को शालिकमा माल्यार्पण गर्दै शहिद प्रति सम्मान ब्यक्त गरेको थियो ।
यसअघि शनिवार परासीमा पार्टीले पत्रकार सम्मेलन र अन्तरक्रिया गरेको थियो । शुक्रवार सांझ नवलपरासी आएको टोलीलाई सुनवल–७ अस्नैयामा स्वागत गर्नुका साथै शहिद परिवार ईन्द्र कुमारी क्षेत्रीलाई सम्मान एंव सुनवल चोकमा कोण सभा गरिएको पार्टीले जनाएको छ ।
जिल्लामा ६ वटा पालिकाको मुख्य बजारमा कोणसभा गरेको टोलीले बेलाशपुर,भुमहीलगायतको स्थानमा कोण सभा र रामग्राम स्तुतको अध्ययन भम्रण समेत गरेको पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी पाण्डेले जानकारी दिए ।






