नवलपरासी,६”बैशाख ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिती सदस्य हेमन्त प्रकाश वली सुदर्शनले जन बिद्रोहमार्फत जन गणतन्त्र स्थापना गर्ने बताएका छ ।
शनिबार नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा उनले संसदीय ब्यवस्थाले बर्तमान राजनैतिक संकटको हल गर्न नसक्ने भन्दै जन बिद्रोहमार्फत जन गणतन्त्र स्थापना गर्ने रणनीति अनुसार पार्टी अगाडि बढेको बताएका हुन् । ” अहिले पुराना शक्तिहरु सल्बलाएका छन,यथास्थितिवादी शक्तिहरुले यसको हल गर्न सक्दैनन् यसको निकास जन संघर्ष, जन प्रतिरोध र जन बिद्रोहबाट मात्र सम्भव छ, त्यो सशस्त्र हुन्छ ” नेता वलीले भने ।
पार्टीको जन सम्बन्ध विस्तार अभियानको टोली नेता समेत रहेका वलीसहितका नेताहरू अहिले नवलपरासीका कार्यक्रममा सहभागी भएका छन् ।






