बुटवल,४ बैशाख ।
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष एवं नेपाल मुश्लिम परिषद्का केन्द्रीय संयोजक हाँजी डा.मोहम्मद हसनले राष्ट्रिय आकांक्षा सम्बोध गराउन राष्ट्रिय जनमुक्ति पार्टी बलशाली हुनुपर्ने बताएका छन ।

नयाँ बर्ष २०८२ सालको अवसरमा राष्ट्रिय जनमुक्ति पार्टी रूपन्देही क्षेत्र नं ३ क्षेत्रीय समितिद्वारा आयोजित शुभकामना आदानप्रदान तथा मुलुकको समसामयिक परिस्थिति सम्बन्धि छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै पार्टीका केन्द्रीय उपाध्यक्ष हसनले बर्तमान सत्ता सञ्चालकहरूबाट
राष्ट्रिय आकांक्षा सम्बोध हुन नसक्ने घटनाक्रमहरूले पुष्टि गरेकोले त्यसका लागि राष्ट्रिय जनमुक्ति पार्टी बलशाली हुनुपर्ने बताएका हुन् ।
पार्टीका क्षेत्रीय अध्यक्ष हरि दर्लामीकाे अध्यक्षता र पार्टीका केन्द्रीय उपाध्यक्ष हाँजी डा.मोहम्मद हसनकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका महासचिव टाेप अस्लामी,सचिवद्वय गीता सारू,माेजिब अली,केन्द्रीय सदस्यहरु अशोक पुन, अधिवक्ता बालकिशोर राना, मगर महासंघ, नेपालका केन्द्रीय अध्यक्ष छत्र बहादुर दर्लामी, राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्ग, रुपन्देही इन्चार्ज चित्र प्रसाद गुरुङ्ग, जनमुक्ति युवा संघका केन्द्रीय अध्यक्ष शंकर गाहा, रुपन्दही जिल्ला अध्यक्ष प्रेम बहादुर थापा, रुपन्देही सहसचिव भोम बहादुर बुढा, रुपन्देही जिल्ला सदस्य एवं २०७९ निर्वाचनमा क्षेत्र नं. ३ (ख) का उम्मेदवार मीन बहादुर पल्ली, सियारी गाउँ समितिका अध्यक्ष रन बहादुर बुढाथोकी, सिद्धार्थनगर नगर समितिका अध्यक्ष प्रेम बहादुर गुरुङ्ग, जनमुक्ति युवासंघ, तिलोत्तमा अध्यक्ष बुद्धि थापा मगर, तिलोत्तमा १३ र १४ वडा समिति अध्यक्षहरु क्रमशः गोविन्द दगामी र दल बहादुर बलाललगायतले शुभकामना मन्तव्य राख्दै नयाँ बर्ष २०८२ परिवर्तनका पक्षधरहरुका लागि जागरुकताको वर्ष बनाेस् भन्ने कामना गरेका थिए ।
साे अवसरमा क्षेत्र नं.३ अन्तर्गत बसोबास गर्ने संघीय महासभा सदस्यहरु नरजङ्ग गुरुङ्ग, गौमती पुन लगायत पार्टीमा योगदान पुऱ्याएका र शारीरिक रुपमा वृद्ध भएका अग्रजहरुलाई सम्मान समेत गरिएको पार्टीका रुपन्देही क्षेत्रीय सचिव ओम बहादुर रानाले जानकारी दिए ।
कार्यक्रममा सांगीतिक प्रस्तुतिले थप राैनकता प्रदान गरेको क्षेत्रीय कोषाध्यक्ष माया सारुले बताइन् ।






