काठमाडौँ,४ बैशाख ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरूको राजधानी काठमाडौं केन्द्रीत आन्दोलनकाे आज १६ औं दिन पनि प्रदर्शन जारी रहेको छ ।
नेपाल शिक्षक महासंघको आह्वानमा भएको आन्दोलन स्थगित गर्न सरकारले आह्वान गरेपनि त्यसलाई अस्वीकार गर्दै शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
शिक्षकहरूले उधारो सहमति नमान्ने भन्दै ऐन जारी भएपछि मात्रै विद्यालय फर्किने अडान लिएका छन् । सधैँझैँ आज पनि माइतीघरमा भेला भएर शिक्षकहरूले सडकमार्फत सरकारलाई दबाब दिएका छन् ।
आन्दोलनका कारण शैक्षिक सत्र २०८२ काे नयाँ भर्ना अभियान लगायत पठनपाठन कार्य अबरूद्व भएको छ ।






