नवलपरासी,३ बैशाख ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रतापपुर गाउँ संगठन समितिले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

जनगणतन्त्रको प्राप्तिको लागि जनमत तयार गर्न जनसम्बन्ध विस्तार अभियान जारी राखेको पार्टीले पार्टीको गाउँ संगठन समिति सदस्य तथा क्रान्तिकारी युवा संघका पालिका संयोजक दिनेश पासीका बुवा प्रेम नारायण पासीको स्मृतिका श्रद्धाञ्जली सभा गरेको हो ।

प्रतापपुर–५ बसहियास्थित पासीको निवासमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, जिल्ला कार्यालय सदस्य दुर्गानारायण चौधरी, सचिवालय सदस्य तथा प्रतापपुर संयोजक यम बहादुर गुरुंग, सुस्ता संयोजक सोमबहादुर विश्वकर्मालगायतको सहभागीता रहेको थियो ।

त्यस्तै पार्टीको जिल्लास्तरीय अभियान टोलीले भारतीय सीमावर्ती क्षेत्रको निरीक्षण तथा अवलोकन समेत गरेको पार्टीले जनाएको छ ।