युवराजको ५ विकेटमा
काठमाडौं,१ वैशाख ।
आईसीसी यू-१९ विश्वकप एसिया छनोटको दोस्रो खेल‌मा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको छ ।

युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो ।

जीत व्रजेश साहले अर्धशतक बनाए । ७८ बलमा ६ चौकासहित उनले ५२ रन बनाए । सिद्धार्थ सोम्या शंकरले १६ रन बनाए ।

नेपालका लागि युवराजको ५ विकेटसँगै सन्तोष यादवले २ तथा दयानन्द मण्डल,अशोक धामी र अपराजित पौडेलले १-१ विकेट लिए ।