काठमाडौ,३० चैत ।
जारी आईपीएल क्रिकेटमा लखनउ सुपर जाएन्ट्सले गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गरेको छ ।
लखनऊ सुपर जाएन्ट्सले १८१ रनको लक्ष्य सजिलै हासिल गर्यो । टोलीका लागि निकोलस पुरनले ६१ रन र एडेन मार्करामले ५८ रन बनाए ।
लखनऊको कप्तानी गरिरहेका ऋषभ पन्तले आज पनि केही विशेष गर्न सकेनन् र उनले १८ बलमा २१ रनकाे योगदान दिए ।
गुजरातका लागि साई सुदर्शनले ५६ र कप्तान शुभमन गिलले ६० रन जाेडे ।
लखनउका लागि शार्दुल ठाकुर र रवि बिश्नोईले दुई-दुई विकेट लिए । यसैबीच, गुजरात टोलीका प्रसिद्ध कृष्णले पनि दुई विकेट लिए ।