बुटवल,३० चैत ।
नव बर्ष २०८२ तथा हनुमान जयन्तीको अवसरमा लाेकतान्त्रिक समाजवादी पार्टी रूपन्देहीले भिम अस्पातल भैरहवामा ”खुल्ला रक्तदान कार्यक्रम” सम्पन्न गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष रवि कुमार रौनियारको अध्यक्षता र संघीय सांसद तथा पुर्व मन्त्री सर्वेन्द्रनाथ शुक्लकाे प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष पाण्डे,अर्का प्रदेश सभा सदस्य कनहिया बनियालगायतले रक्तदानकाे महत्त्व तथा हनुमान जयन्तीको बारेमा आ आफ्नो भनाइ राखेका थिए ।

साे अवसरमा २४ जनाले रक्तदान गरेकाे पार्टीका जिल्ला अध्यक्ष रौनियारले जानकारी दिए ।