काठमाडौं,३० चैत ।
शिक्षकहरूकाे आन्दोलन आज ११ औं दिन पनि जारी रहेको छ । गत चैत २० गतेदेखि प्रदर्शन गरिरहेका शिक्षकहरू शनिबार (आज) बबरमहल–बानेश्वर सडकमै बसेर प्रदर्शन गरिरहेका छन् ।
शिक्षकहरू सडकमै बसेर प्रदर्शन गर्दा बबरमहल–बानेश्वर सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
‘माइतीघर मण्डलाको बबरमहल जाने तर्फको पूरै सडकमा बसेर प्रदर्शन गरिरहेका छौं,’ आन्दोलनमा सहभागी शिक्षक पूर्ण ब्लोनले भने, ‘सडक पूरै बन्द छ । सवारी साधन चलेको छैन ।’
शिक्षक महासंघको नेतृत्वमा आन्दोलन भइरहेको हो । महासंघले आन्दोलन र वार्ता सँगसँगै लगेको छ ।
बिहीबार र शुक्रबार वार्ता भएको थियो । आज पनि वार्ताको तयारी भइरहेको शिक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य मागसहित शिक्षहरू सडक आन्दोलनमा उत्रिएका हुन् । यससँगै माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुस्तिका जाँच पनि प्रभावित भएको छ ।