नवलपरासी,३० चैत ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले जन सम्बन्ध विस्तार अभियानको क्रममा पार्टी एवं जनसंगठन आधारभुत बर्गमा जान थालेको जनाएको छ । त्यस क्रममा खास ‘मजदुर एवं किसान बर्ग स्रोत’ जन सङ्गठनलाई केन्द्रीत हुन थालेको पार्टीको दाबी छ ।
अभियानको क्रममा बर्दघाट,सुनवल, रामग्राम नगर समिति, सुस्ता र प्रतापपुर गाउँपालिकाले सक्रियतापुर्वक भेला बैठकलगायतको कार्यक्रम गरिरहेकाे पार्टीले जनाएको छ । चैत्र ३ गते सुस्ता १ फेचुवामा मसाल जुलुस र कोण सभा गरेर अभियान शुरु गरिएको थियो ।
अभियानको क्रममा सुनवल- ७ अस्नैयामा कोण सभा,सुस्ता- २ फेनहरामा पर्चा वितरण, प्रतापपुर-९ मा किसान भेला, प्रतापपुर -५ मा युवा एवं महिलाको भेला, बर्दघाट – ४ मा युवा भेला सम्पन्न गरिएको केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी दिए ।
त्यसैगरी अभियानको क्रममा पार्टी ५ नम्बर ब्युरोको आयोजनामा भएको जन आन्दोलन दिवस विशेष मोटरसाइकल र्यालीमा जिल्लाबाट सहभागीता र सदरमुकाम परासी र बर्दघाट बजारमा कोण सभा गरिएको उनको भनाइ छ । ‘जिल्लामा केही प्रचारात्मक र केही साङ्गठनिक योजना सफल भएका छन् – सेक्रेटरी पाण्डेयले भने – ‘अब केन्द्रीय अभियान टोलिको कार्यक्रम लगतै संघर्षको कार्यक्रम सहित जनतामा जान्छौ।’ नयाँ जनवादको खुड्किलो पार गर्दै बैज्ञानिक समाजवादमा जाने पार्टी नीतिले जनतालाई गोलबन्द गर्न सहज हुँदै गएको नेता पाण्डेयको दाबी छ ।






