बुटवल,२८ चैत ।
राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियाज्ता रूपसिं थापाले राजादेखि गणतन्त्रवादी सबै अटाउने ब्यवस्था अहिलेकाे आवश्यकता भएको बताएका छन ।

नयाँ बर्ष २०८२ सालको अवसरमा बुटवलकाे कालिकानगर स्थित पृथ्वीनारायण शाह मार्ग टोल समितिद्वारा बिहीबार बुटवलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अभियान्ता थापाले मुलुकको विकास र समृद्धिका लागि राजादेखि गणतन्त्रवादी सबै अटाउने ब्यवस्था जरुरी रहेको बताएका हुन् ।

यो ब्यवस्था रहदासम्म मुलुककाे समृद्धि हुन नसक्ने भन्दै उनलेे जनताको अवस्था बदल्न ब्यवस्था परिवर्तन गर्नुपर्नेमा जाेड दिए ।
नेपाल राज्य बन्दादेखिनै राजाहरूले राज्य सञ्चालन गरेको इतिहास रहेको बताउदै बुटवलका पुर्व नगर प्रमुख समेत रहेका थापाले मुलुकको स्वाधीनता र राष्ट्रिय एकताका लागि राजसंस्था आवश्यक रहेको बताए ।

देशमा ब्यवस्था बदल्ने आन्दोलन सुरु भइसकेको भन्दै उनलेे आन्दोलनलाई कम नआक्न सत्ताधारी दलहरूलाई चेतावनी दिए ।
साे अवसरमा नयाँ बर्ष २०८२ सालको भित्तेपात्राे समेत बिमाेचन गरिएको थियो ।

पृथ्वीनारायण शाह शालिक निर्माण समितिका अध्यक्ष रूपसिं थापाको सभापतित्व र स्थानीय समाजसेवी तुलबिर गर्बुजाकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका सल्लाहकार केशरबहादुर थापा,बुटवल कालिकानगर स्थित १ नम्बर टोल विकास संस्थाका अध्यक्ष रूक्माङगत मुडभरी,समाजसेवी ,प्रकाश भट्टराई,भिम पाण्डे,चक्रपाणी भण्डारी, कमला शर्मा,सरस्वती लामिछाने पाैडेललगायतले नयाँ बर्ष २०८२ साल राजनीतिक स्थिरता,शान्ति र समृद्धिकाे बर्षकाे रूपमा देख्न र भाेग्न पाइयोस् भन्ने शुभकामना ब्यक्त गरेका थिए ।