बुटवल,२७ चैत ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लामो संघर्ष र बलिदानबाट देशमा संघीय लाेकतान्त्रिक गणतन्त्र ल्याइएको भन्दै यसको सहि कार्यान्वयन गर्नु अहिलेकाे आवश्यकता भएको बताएका छन् । अहिले संघियताको विकल्प खोज्न नहुने भन्दै उनलेे संघियतालाई ठिक ढंगले संचालन गर्न नजान्दा समस्या भएको दाबी गरे ।
बुधबार रुपन्देहीको देवदहमा आयोजित नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनको उदघाटन गर्दै महामन्त्री थापाले प्रदेशको खर्च घटाउदै जनप्रतिनिधीको संख्या पनि कमगर्न जरुरी रहेको बताए । प्रदेशको मुख्यमन्त्री बनाउने पद्धतीमा समेत परिवर्तन गर्नुपर्ने महामन्त्री थापाकाे भनाइ छ ।
मुलुकको निर्वाचन प्रणालीमा आमुल परिवर्त आवश्यक रहेको भन्दै उनले संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधीहरुको संख्यापनि घटाएर खर्च कम नगदासम्म दलहरुप्रति जनताकाे वितृष्णा कम नहुने तर्क गरे ।
कांग्रेस र एमालेको गठबन्धनबाट वनेको सरकार बलियो भए पनि जनताको विश्वास आर्जन गर्ने गरी काम गर्न नसकेको टिप्पणी गरे ।
तावाको विड तातेर नहुने र तावा नै तात्नु पर्ने भन्दै महामन्त्री थापाले तावा तताउने काम कमजोर भएको बताए ।
महामन्त्री थापाले जनताको भरोसा आर्जन गर्न सरकारले कामको गति अझै अघि बढाउनुपर्ने उल्लेख गरे । संघीय लाेकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा समस्या भए त्यसको समाधान गर्न सकिने भन्दै महामनत्री थापाले संघियताको विकल्प खोज्न नहुने धारणा राखे । अहिले संघीयताकाे विकल्प खाेज्नु भनेकी राजनैतिक दूर्घटना निम्ताउनु भएको बताए ।
उहाले नेपालको राजसंस्थाको चरित्र नै संबैधानिक भएर बस्न नसक्ने भएको विगतका प्रमाणहरुले देखाएको प्रसंग उल्लेख गदै पछिल्लोसमय जनतामा आक्रोश बढिरहेको र राजाबादी समूहले जनतामा रहेको असन्तुष्टीलाई दुरुपयोग गर्ने गरि आगोमा घिउ थप्ने काम गरिरहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांण,अब्दुल रज्जाक,भरतकुमार शाह,गंगा शाही ,नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण लगायतले देशमा विकास भए पनि जनताले सोचे र खोजे अनुसारको विकास नभएको कारण असन्तुष्टी बढेकोले अव विकासको गति बढाउनु पर्नेमा जोड दिएका थिए ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं १ का क्षेत्रीय सभापति हिरा केसीको सभापतित्वमो कार्यक्रम भएको हो ।






