बुटवल,२४ चैत ।
मोहन बैध्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल् लुम्बिनी प्रदेश (५ नम्बर) ब्युरोले ३५ औ जन आन्दोलन दिवसको अवसरमा मोटरसाइकल र्याली सम्पन्न गरेको छ ।

जन सम्बन्ध विस्तार अभियानमा रहेको साे पार्टीले आइतबार कपिलवस्तुको सदरमुकाम तौलिहवा देखि रुपन्देहीको विभिन्न स्थान हुँदै नवलपरासी सदरमुकाम परासीसम्म माेटरसाइकल र्याली तथा काेणसभा गरेको हो ।

कपिलवस्तुकाे तौलिहवामा पार्टीका स्थायी समिती सदस्य सन्त बहादुर नेपालीले पोलिटब्युरो सदस्य एवं ब्युरो इन्चार्ज प्रेम सुबेदीलाई पार्टीको झन्डा हस्तान्तरण गरेर र्‍याली उदघाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपालीले नेपालमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको बताए । साे अवसरमा जिल्ला इन्चार्ज हिमलाल वाग्लेलगायतले कार्यक्रमकाे उदेश्य र पार्टीको आगामी कार्यक्रम बारे आ आफ्नो भनाइ राखेका थिए ।

त्यस्तै कपिलवस्तुको चार नम्बर जितपुरमा ब्युरो इन्चार्ज प्रेम सुवेदी र बाबुराम आचार्य तथा रूपन्देहीको सैनामैनाको रामापुरमा बिक्रम नेपाली र एकदेव पौडेलले एवं बुटवलमा नेता सन्त बहादुर नेपाली र बिक्रम नेपाली तथा भैरहवामा जिल्ला सेक्रेटरी लक्ष्मिकान्त पौडेललगायतले सम्बाेधन गरेका थिए । उता परासीको बुद्वचोक पुगेर कोण सभामा परिणत भएको थियोे । सभामा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पान्डेय, जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरी, रामग्राम नगर संयोजक जय फुल्लाह हसन तथा बर्दघाटको कोण सभामा नेता सुबेदीले र कार्यालय सदस्य गणेश बहादुर ढकालले सम्बाेधन गरेको साे पार्टीले जनाएको छ ।