बुटवल,२१ चैत ।
समाजवादी अटो मजदुर संघ बुटवल उपमहानगर समितिकाे अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
बिहीबार बुटवलमा भएको अटो मजदुरहरूकाे भेलाले भिम सुनारको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समाजवादी अटो मजदुर संघ बुटवलका संयोजक भिम सुनारको अध्यक्षता र विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य शरद वलीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपाका केन्द्रीय सदस्यद्वय बिश्वाश ढकाल र जया पाैडेल,समाजवादी ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष खगेन्द्र पाैडेल,महासंघका जिल्ला अध्यक्ष प्रेम बिसी,हरियाली अटो मजदुर संघ बुटवलका अध्यक्ष कृष्ण तिवारी,स्वतन्त्र अटो मजदुर ब्यवसायी समिति बुटवलका अध्यक्ष फुलकुमार चाैधरी,संघका नगर सचिव शिव थापालगायतले संगठनकाे आवश्यकता र औचित्य बारे आफ्नो भनाइ राखेका थिए ।






