नवलपरासी,१८ चैत ।
मोहन बैध्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल सुनवल नगर संगठन समितिले अस्नैयामा कोण सभा गरेको छ ।
जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने उद्देश्यले
सोमबार संसदीय ब्यवस्थाको भन्डाफोर सहित कोण सभा गरिएको साे पार्टीले जनाएको छ ।
सुनवल-८ देउराली टोलबाट संसदीय ब्यवस्था बिरुद्व जनगणतन्त्रको माग गर्दै नाराबाजी सहित शुरु भएको जुलुस अस्नैया चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । पार्टीका सुनवल नगर संयोजक प्रेम रिमालले कोण सभामा सम्बोधन गर्दै नेका एमाले र माकेको कारण राजावादीहरु सल्बलाएको बताए । उनले इतिहासको बाटो पछाडि होइन नयाँ जनवादी क्रान्ति हुँदै बैज्ञानिक समाजवादी बाटोमा जाने उल्लेख गरे ।
जन सम्बन्ध बिस्तार अभियानको क्रममा भएको साे कार्यक्रममा पार्टीको बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय,जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरी लगायतकाे सहभागीता रहेको थियो ।






