बुटवल,२ चैत ।
बुटवल उप–महानरपालिका वडानम्बर १० कालिकानगर स्थित कालिका मानवज्ञान माविका कानून संकायमा अध्ययनरत विद्यार्थीले ‘कालिका संसद’ को अभ्यास गरेका छन् ।
कानुन विद्यार्थी समाज कालिकाको आयोजनामा उनिहरूले शनिवार नमुना संसदकाे अभ्यास गरेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा राष्ट्रपतिको भुमिका दिया आचार्य, सभामुखको भूमिका काजल पाण्डे,प्रधानन्त्रीको भूमिका विवस पाण्डे, प्रदेश सभा सचिवको भुमिका सदिक्षा भट्रराई, उप सचिव विन्दु पौडेलले निर्वाह गरेकाे विद्यालयले जनाएको छ ।
विद्यार्थीहरुले शुन्य समयमा विविध समस्याको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै उनिहरूले विशेष समयमा समेत समसमायीक विषयमा आ आफ्नो धाराणा प्रस्तुत गरेका थिए ।
विद्यालयका शिक्षक अधिवक्ता दामोदर घिमिरेको संयोजकत्वमा भएको कार्यक्रममा विद्यार्थीहरुले नमुना अभ्यास अन्तर्गत प्रधानमन्त्रीको चयन, संसादमा विधेयक दर्ता देखि लिएर पारि गर्ने देखि लिएर संसदको सुन्य र विशेष समयमा समसामयिक विषयमा आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा संमन्वय एकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले पछिल्लो समय कानून विषय सबैको लागि अनिवार्य आवश्यकता जस्तै भएको बताए । उनले कानून व्यवहारिक विषय समेत भएकोले विद्यार्थीहरुले गरेको नमुना अभ्यास आफैमा गौरवपूर्ण भएको उल्लेख गरे ।
विद्यालयका पूर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले विद्यार्थीहरुको अभ्यास कला विकासको लागि यी र यस्ता प्रकृतिका कार्यक्रम आवश्यक रहेको बताए । उनले कानून विषय आफैमा व्यवहारिक रहेको भन्दै यसको महत्व पछिल्लोसमयमा अझ बढ्दै गएको बताए ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले व्यवहारिक अभ्यास संगै कालिका मानवज्ञान मावि अगाडी बढिरहेको बताउँदै सबै को साझा प्रयासबाट विद्यालयको नतिजा सुधार देखि लिएर सबै क्षेत्रमा कायपलट गर्न सकिने धाराणा राखेका थिए ।
समाजका अध्यक्ष सन्जोग न्यौपानेको अध्यक्षता र शिक्षा विकास तथा संमन्वय एकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली,बुटवल कालिका क्याम्पसका अध्यक्ष होम गलामी,विद्यालयका सह प्रध्यानाध्यापक पिताम्बर बन्जाडे, कानून तथा मानविकी संकाय ईन्चार्ज विमल आत्रेय, कानुन संकाय संयोजक युवराज कन्डेल,व्यवस्थापन संकाय ईन्चार्ज शेरचन्द गिरीलगायतकाे आतिथ्ययता रहेको विद्यालयले जनाएको छ ।