पाल्पा,२८ फागुन ।
पाल्पाको तानसेन नगरपालिका वडा नं ८ जरेपिपल स्थित भैरब च्याउ उद्योग प्रालि कृषक पाठशालाकाे रूपमा विकास हुन थालेको छ ।
जिल्लामै पहिलोपटक ब्यवसायीक रूपमा च्याउ उत्पादन गरेका कृषक केशव कार्की अहिले औषधिय गुण भएको राताे च्याउ उत्पादन गर्न थालेपछि त्यसबारे बुझ्न देशभरका किशान उद्योगमा आउन थालेका छन् ।
औषधिय गुण भएको राताे च्याउकाे फाइदा र त्यसको ब्यवसायीक उत्पादन कसरी गर्ने भन्ने बिषयमा जानकारी लिन किशानहरू उद्योगमै आउन थालेका हुन् ।
पंक्तिकार साेेमबार उद्योगमा पुग्दा धनगढी उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रूपक कुँवरसहित १० जनाको टोली राताे च्याउकाे ब्यवसायीक उत्पादन सम्बन्धि तालिम लिने क्रममा उद्योगमा थियो ।
राताे च्याउकाे उपयोगीता र महत्त्व बारे बिभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालमा देखेर सुनेर त्यसको उत्पादन कसरी गर्ने भन्ने बिषयमा जानकारी लिन आफुहरू उद्योगमा आएको वडा अध्यक्ष कुँवरले बताए ।
देशमा केही काम छैन भनेर युवाहरू बिदेश पलायन भैरहेका बेला स्देशमै पनि आयआर्जन गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण भएको उनको भनाइ छ ।
तीन दिनको तालिममा आफुहरूले धेरै कुरा सिकेको भन्दै वडा अध्यक्ष कुँवरले धनगढीमा पनि राताे च्याउकाे ब्यवसायीक उत्पादन गर्न किशानहरूलाई प्राेत्साहन गर्ने बताए ।
साेही दिन पाल्पाकै मदनपाेखरा स्थित शारदा माविका विद्यार्थीहरू पनि स्थलगत अवलोकनका लागि उद्योगमा आएका थिए ।
फाेनबाट राताे च्याउ उत्पादन बारे जानकारी लिन खाेज्ने किशानलाई उद्योगमै आउन आग्रह गर्ने गरेको र त्यस्ता किशानहरू आजभोलि उद्योगमै आउने गरेको भैरब च्याउ उद्योगका सञ्चालक केशव कार्कीले जानकारी दिए ।
उद्योगले हाल राताे च्याउकाे चियापत्तिसँगै,जुस,खुदाे तथा परिक्षणकाे रूपमा मनको लड्डु उत्पादन गर्न सुरु गरेको उद्योगका ब्यवस्थापक नारायण तिमिल्सिनाले बताए ।
पछिल्लो समय राताे च्याउकाे बहुउपयाेगिताबारे धेरैले बुझ्न थालेकाेले यसबारे जानकारी लिन किशानहरू उद्योगमा आउने क्रम बढेको उनको भनाइ छ ।