बुटवल,२६ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत तुलसीपुर बुटवल इजलास आएका छन् । सुप्रिम सहकारी ठगी मुद्दाको आरोप खेपिरहेको सभापति लामिछाने सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् ।

लामिछानेसँग रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो । एक करोड धराैटी माग्ने जिल्ला अदालतले गरेको आदेश बदर गर्न माग गर्दै निवेदन दिन लामिछने उच्च अदालत तुलसीपुर,बुटवल इजलासमा पुगेको कानुन व्यवसायी पशुपति भण्डारी बताए ।

रूपन्देही जिल्ला अदालतमा तारेख लिएर लामिछाने उच्च अदालत बुटवल आएका हुन् ।