बुटवल,२ फागुन ।
बुटवल स्थित कालिका मानवज्ञान माविले कक्षा ११ र १२ काे दाेस्राे अर्धबार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई ३ महिनाकाे छात्रवृत्ति प्रदान गरिएकाे छ ।

शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञावली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे र परीक्षा संयाेजक युवराज कंडेललगायतले पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेका हुन् ।

दाेस्राे अर्धबार्षिक परिक्षामा संकायगत रुपमा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी लाई पुरस्कार समेत प्रदान गरिएकाे छ ।
विज्ञान, कानुन, ब्यवस्थापन , शिक्षा, मानविकी र प्राविधिक धारका कक्षा ११ र १२ मा प्रथम द्वितीय र तृतीय लाई पुरस्कृत गरिएकाे विद्यालयले जनाएको छ । जसमा ३७ जना विद्यार्थी रहेका छन् ।उनिहरुले पुरस्कार बापत ३ महिनाकाे विद्यालय छात्रवृत्ति प्राप्त गरेका छन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवालीले सबैकाे प्रयासबाट विद्यालय देशमै नमुना बन्न सफल भएकाे भन्दै आगामी दिनमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हुने विश्वास ब्यक्त गरे । अध्यक्ष ज्ञवालीले नतिजा सुधारकाे लागि सबै शिक्षक, विद्यार्थी,अभिभावक सबैकाे साझ प्रयासबाट मात्रै सफल हुने भन्दै साेहि अनुसार संयाेजन गर्न सम्बन्धित क्षेत्रका नेतृत्वकर्ताहरूलाई अग्रह गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यार्थी,शिक्षक, अभिभावक काे अथक प्रयासबाट नतिजा सुधार भएकाे भन्दै विद्यार्थिलाई अझ मिहिनेत गर्न सुझाव दिए ।

नतिजा कमजोर भएका विद्यार्थी लाई अझ मिहिनेतका साथ अध्ययन अगाडि बढाउन आग्रह गर्दै प्रधानाध्यापक थापाले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई तथा शुभकामना दिए ।