दाङ,२९ माघ ।
दाङको तुलसीपुरमा खाना पकाउने क्रममा कपडामा सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१९ संग्रामकी ६४ वर्षीया इश्वरी वली रहेकी छन् ।
उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा
मंगलबार बिहान मृत्यु भएको हो ।
माघ २१ गते बिहान खाना पकाउने क्रममा कपडामा आगो सल्किएर वली घाइते भएकी थिइन् । पेटदेखि घुँडासम्म जलेपछि उनलाई चिनारी अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । त्यहाँबाट कीर्तिपुर बर्न अस्पताल काठमाडौं रेफर गरिएको थियो ।
कीर्तिपुरमा पनि उपचार सम्भव नभएछि उनलाई साेमबार पुनः राप्ती प्रादेशिक अस्पतालमै ल्याइएको थियो । उनको मंगलबार बिहान मृत्यु भएको इलाका प्रहरीकार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक सुर्य बहादुर रानाले जानकारी दिए ।