बुटवल,२७ माघ ।
बुटवल उपमहानगरपालिकाले नगरको शैक्षिक उन्नयनका लागि दुई छुट्टाछुट्टै कार्यदल गठन गरेको छ ।

कूल बजेटकाे २६ प्रतिशत शिक्षाक्षेत्रमा छुट्याएको उपमहानगरपालिकाले नगर शिक्षा योजना कार्यदल र स्थानीय पाठ्यक्रम संशाेधन कार्यदल गठन गरेको हो ।

नगर शिक्षा योजना कार्यदलको संयोजकमा भाेजबहादुर केसीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएको छ ।

कार्यदलकाे सदस्यहरूमा थानेश्वर अर्याल,आनन्दमान सिं शाक्य,बासुदेव अर्याल,गाेविन्द ज्ञवाली,दिनेश भुसाल रहेका छन भने कार्यदलको सदस्य सचिवमा बुटवल उपमहानगरपालिका शिक्षा शाखाका उपनिर्देशक टिकाराम पन्थी रहेका छन् ।

त्यस्तै ज्ञानाेदय माविका प्रधानाध्यापक टिकराम शर्मा पाैडेलकाे संयोजकत्वमा स्थानीय पाठ्यक्रम संशोधन कार्यदल गठन भएको छ ।
कार्यदलको सदस्यहरूमा हरिप्रसाद रेग्मी,तारा ज्ञवाली,प्रेमबहादुर बस्नेत,मित्रहरी आचार्य,बिष्णु भुसाल र सदस्य सचिवमा शिक्षा शाखा उपनिर्देशक कमला चुदाली रहेका छन् ।