Share this News on Social Networking Pages

बुटवल,१५ माघ।
यही माघ १७ गते बिहीबारदेखि बुटवलमा १० दिने
“बिजनेस हृयाकाथन २०२५ ” हुने भएको छ ।

बुटवल बहुमुखी क्याम्पस बीबीए विद्यार्थी क्लबद्वारा आयोजित बिजनेस हृयाकाथनमा लुम्बिनी प्रदेश भित्रका २० कलेजबाट ८० जना विद्यार्थीहरूकाे सहभागीता रहने जनाइएको छ ।

आयाेजक बीबीए विद्यार्थी क्लबले आज क्याम्पसमा पत्रकार सम्मेलन गरी कार्यक्रमकाे तयारी बारे जानकारी गराएको हो ।

पछिल्लो समय बैदेशिक राेजगार तथा उच्च शिक्षा हाशील गर्ने नाममा भैरहेको विदेश पलायनको अवस्थालाई मध्येनजर गरी युवाहरूको नेतृत्व,भातृत्व तथा ब्यक्तित्व विकासका लागि विजनेश हृयाकाथन कार्यक्रमकाे आयोजना गरिएको बीबीए विद्यार्थी क्लबका अध्यक्ष सन्देश पाेखरेलले बताए ।

विद्यार्थीहरूमाझ उद्यमी र उद्यमशीलता प्राेत्साहन गर्ने उदेश्यले नेपालमै पहिलाे ब्यापार सिमुलेशन प्रतियोगितात्मक रूपमा १० दिने विजनेश हृयाकाथन कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा अरूण कुमार क्षेत्रीले सरकारी क्याम्पसमा राम्रो पढाइ हुदैन राजनीति मात्रै हुन्छ भन्ने गलत हल्लालाई चिर्दै क्याम्पसले हरेक शैक्षिक कार्यक्रममा उत्कृष्टता हाशील गर्दै आएको दाबी गरे ।

बिगतका दिनमा क्याम्पसमा जे जस्ता गतिविधि भए पनि समय र परिस्थितिमा आएको परिवर्तनसँगै पछिल्लो समय क्याम्पस यस क्षेत्रकै गाैरबकाे शैक्षिक संस्थाको रूपमा विकास भइरहेको उनलेे बताए ।

२१ औं सताब्दीकाे चुनाैती सामना गर्दै अगाडि बढ्नसक्ने जनशक्ति उत्पादन गर्नु अहिलेकाे आवश्यकता रहेको भन्दै क्याम्पस प्रमुख क्षेत्रीले यहाँको शैक्षिक कार्यक्रमहरूलाई थप आधुनिकीकरण गर्ने योजना रहेको उल्लेख गरे ।

क्याम्पसलाई बुटवलको गाैरबकाे शिक्षण संस्थाकाे रूपमा विकास गर्ने प्रयास भैरहेको उनलेे बताए ।

सहायक क्याम्पस प्रमुख तथा बीबीए कार्यक्रम प्रमुख डा ओम प्रकाश अर्यालले क्याम्पसले नियमित पठनपाठनका अलावा विद्यार्थीहरूमा उद्ममशीलता सम्बन्धि बिभिन्न तालिम गाेष्ठी लगायतका कार्यक्रम गर्दै आएको बताए । क्याम्पसमाअहिले बीबीए छैठौं ब्याचसम्म आइपुग्दा सतप्रतिसत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको उनलेे जानकारी गराए ।

कार्यक्रममा ब्यवस्थापन,विज्ञान र प्रविधि,मानविकी तथा सामाजिक विज्ञानका बिषयमा बहस गरिने विद्यार्थी नेता सन्देश पाण्डेले बताए ।

विजनेश हृयाकाथनमा उत्कट विजनेश प्लान प्रस्तुत गर्ने विजेता समुहलाई नगद ३५ हजार,उपविजेतालाई १५ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने समुहलाई नगद ७ हजार ५ सय रूपयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् ।