Share this News on Social Networking Pages

काठमाडौ,७ माघ ।
अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै छन् । दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिन लागेका ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले पद तथा गोपनियताको सपथ गराउनेछन् ।

कार्यक्रम वाशिङ्टन डीसीमा रहेको ऐतिहासिक सेन्ट जोन्स गिर्जाघरमा हुनेछ र त्यसपछि विशेष चियापान कार्यक्रम हुनेछ । ट्रम्पपछि उपराष्ट्रपति जेडी भान्सले पनि आजै शपथ लिनेछन् । औपचारिक शपथ लिने कार्यक्रमका साथै साङ्गीतिक प्रदर्शनी, सेलिब्रिटीको ‘परेड’ र साँझमा औपचारिक ’बल डान्स’ पनि हुनेछ । सपथ ग्रहण समारोहमा सहभागी हुन विश्वका धेरै नेताहरु वासिङ्टन पुगेका छन् ।

ट्रम्पले शपथ ग्रहणकै दिन कडा आप्रवासन नीतिबारे अध्यादेश ल्याउने तयारी गरेका छन् । अध्यादेश तयार भइसकेको र राष्ट्रपति पदको शपथग्रहणसँगै कार्यान्वयनमा जाने अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । आप्रवासन नीतिले अमेरिकामा रहेका आप्रवासी र अमेरिकी-मेक्सिको सीमामा शरण खोजिरहेका आप्रवासीलाई ठूलो प्रभाव पार्नेछ ।