काठमाडौं,५ माघ ।
आईसीसी यू–१९ टी–२० महिला विश्वकपको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।
नेपालले जितका लागि दिएको ५३ रनको सामान्य लक्ष्य बङ्गलादेशले १३.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बङ्गलादेशको जितमा सादिया इस्लामले सर्वाधिक १६ रन बनाइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन जोडिन । त्यस्तै सिमाना केसीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक/एक विकेट लिए ।








