एजेन्सी,३ माघ ।
बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । अज्ञात व्यक्तिले गए राति उनीमाथि चक्कु प्रहार गरेका हुन् । एक अज्ञात व्यक्ति खानको बान्द्रास्थित घरमा प्रवेश गरेपछि सैफ र ती व्यक्तिबीच हातपात भएको थियो ।
सोही क्रममा खान चक्कु प्रहारबाट घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । सैफ अली खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको उपचार भइरहेको छ । हाल उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ । आक्रमणकारीको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
उनिमाथी आक्रमण हुनुको कारण अझै खुलिसकेकाे छैन ।