सोल,१४ पुस ।
दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा कम्तिमा १७७ जनाकाे मृत्यु भएको छ । ६ जना क्रु मेम्बर समेत गरेर १८१ जना सवार सो विमानमा अहिलेसम्म १७७ जनाको शव भेटिएको अधिकारीहरूले बताएका छन् ।

यस दुघर्टनामा अहिलेसम्म दुई जना मात्रै जीवित फेला परेका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म अधिकारीहरूले २२ जनाको पहिचान गरेको सरकारी समाचार संस्था योन्ह्यापले जनाएको छ ।

राष्ट्रिय अग्नि एजेन्सीले मृतकको संख्या अपडेट गरिरहेको छ । दुई जना बाहेक अरु जीवित भेटिने सम्भावना न्यून रहेको बताइएको छ ।