काठमाडौं,२ पुस ।
एसीसी यू-१९ महिला एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह बी मा रहेका नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ११:४५ बजे मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई हराएसँगै नेपाल सुपर फोरमा पुगिसकेको छ ।
भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई हराइसकेकाले नेपाल एक जितले सुपर फोरमा प्रवेश गरेको हो ।
आईसीसी यू १९ महिला टी२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू१९ विश्वकप र यू१९ एसिया कपमा छनोट भएको थियो ।
यू-१९ महिला विश्वकप पनि आगामी जनवरी-फेब्रुअरीमा हुँदैछ ।








