काठमाडौ,२८ मंसिर ।
साउथ इन्डियाका सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोधपुछका लागि हैदराबादको प्रहरी कार्यालयमा लगेको बिबिसीले जनाएको छ ।

फिल्म ‘पुष्पा २’को प्रिमियरको समयमा भागदौड हुँदा एक महिलाको निधन भएको थियो । यसपछि, नायक अर्जुन विरुद्ध उजुरी परेको थियो ।

साे घटनामा प्रहरीले अल्लु अर्जुन र उक्त हलका संचालकको विरुद्धमा उजुरी दर्ता गरेको थियो । सोही बिषयमा सोधपुछका लागि अल्लु अर्जुनलाई पक्राउ गरेको प्रहरीलाई उदृत गर्दै बिबिसीले जनाएको छ । बिहिबारदेखि रिलिज भएको साे फिल्मले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । फिल्ममा अल्लु र रश्मिका मन्दना मुख्य भूमिकामा छन् ।