बुटवल,२८ मंसिर ।
बुटवल स्थित कालिका मानवज्ञान माविकाे ६४ ओै बार्षिक उत्सव तथा अभिभावक दिवसकाे अवसरमा आयाेजित लाेक नृत्य प्रतियोगिता सम्पनन भएकाे छ ।

सेक्टर २ रामनगरमा आयाेजना गरिएकाे प्रतियोगितामा कक्षा १२ पि का सुप्रिया पुनकाे समूह प्रथम भएकाे छ । यस्तै कक्षा १२ आर काे मनिषा गाहााे समूह द्वितीय र कक्षा ११ ओ काे आस्था सुनारकाे समूह तृतीय भएका छन् ।

कालिका मानवज्ञान मावि का सहायक प्रधानाध्यापक लाेकराज घिमिरेकाे अध्यक्षतामा भएकाे प्रतिगितामा बुटवल कालिका क्याम्पस का क्याम्पस प्रमुख तथा कालिका मानवज्ञान माविका प्रमुख सल्लाहकार घनश्याम पाठककाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

प्रतियोगितामा शिक्षक एलिशा ढुंगाना, शरण रायमाझी , मनिषा थापा ले निर्णयकाे भुमिका निर्वाह गरेका थिए ।
बिजयि विद्यार्थीलाई शुक्रबार नै प्रमाणपत्र वितरण गरिएकाे छ भने मुल समाराेहमा नगद सहित पुरस्कार प्रदान गरिने विद्यालयका शिक्षक एलिशा ढुंगाना ले जानकारी दिईन ।