लुम्बिनी,२५ मंसिरमा ।
लुम्बिनीमा आयाेजित १५ औ नि:शुल्क आखा शिबिरमा १ हजार ५७ जना मोतियाबिन्दु रोगीहरुको शल्यक्रिया भएको छ ।

प्रत्येक बर्ष हुने नि:शुल्क आखा शिबिर अन्तर्गत मंगलबारकाे शिबिरमा नवलपरासीका २ सय ९३, कपिलवस्तुका १ सय ९३ र रुपन्देहीका ५ सय ७१ जना गरि कुल १ हजार ५७ जान मोतियाबिन्दु रोगिहरुको शल्यक्रिया सम्पन्न भएको लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीले जानकारी दिए ।

थाइल्यान्डका राजा भुमिबोल अदुलयादेजको स्मृतिमा सन २०१० देखि लुम्बिनीमा नि:शुल्क आखा शिबिर हुने गरेको लुम्बिनीस्थित राजकीय थाई बिहारका प्रमुख भिक्षु एवं चौखुन सुफोथले बताए ।

थाई बिहारकाे सहयोगमा यस क्षेत्रका स्थानीयबासीहरूलाई कहिले आखा नि:शुल्क शिबिर त कहिले घुडाको शल्यक्रिया तथा निरन्तर दन्त उपचार सेवा,एलोपैथिक तथा अयुर्बेदिक उपचार हुँदै आएकाे छ ।

नेपालका तिलगंगा आखा उपचारकेन्द्र ,काठमाडौं थाइल्यान्ड सरकारको आखा उपचारकेन्द्र, थाई राजदुतावास,काठमाडौं र थाई एयरवेज लगायतका संघ संस्थाहरुको सहयोगमा लुम्बिनीमा आँखा उपचार एवं शल्यक्रियामा हुदै आएको थाई बिहारले जनाएको छ ।