बुटवल,२२ साउन ।
३२ औं विश्व आदिवासी दिवसको अवसरमा शुक्रबार बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ बुटवल उपमहानगर समितिद्वारा आयोजित कार्यक्रममा आदिवासी जनजातिहरूबीच एकता नहुँदा अधिकारबाट बन्चित हुनुपरेको भन्दै अधिकार प्राप्तिका लागि एकजुट हुनुपर्नेमा जाेड दिए ।

आदिवासी जनजातिहरू विभिन्न पार्टीमा बिभाजन हुँदा आफ्नो हक अधिकारकाे मुद्दा ओझेलमा परेको भन्दै उनिहरूले निर्वाचनका बेला जनजाति उम्मेदवारहरूलाई मतदान गर्नुपर्ने बताए ।

नेपाल आदिवासी जनजाति महासंघ बुटवल उपमहानगर समन्वय समितिका अध्यक्ष अरूण कुमार श्रेष्ठकाे सभापतित्व र महासंघका
जिल्ला उपाध्यक्ष अरूणा श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनजाति नेतृ गीता सारू,शंकरनगर लायन्स क्लबका प्रथम भिपी गिता श्रेष्ठ, महासंघका प्रेस सल्लाहकार सनु थापा,अर्का सल्लाहकार शिव प्रसाद शेरचन, थारू कल्याणकारी सभा बुटवलका उपाध्यक्ष माधव थारू,महासंघका बरिस्ठ उपाध्यक्ष गाेपाल चाैहान, सचिव शम्भु माेक्तानलगायतले आ आफ्नो भनाइ राखेका थिए ।