बुटवल,२४ मंसिर ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बिद्यार्थीको राेजाई अनुसारका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जाेड दिएका छन् ।

साेमबार बुटवल कालिका क्याम्पसको ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मूल समाराेहलाइ सम्बाेधन गर्दै मन्त्री तिमिल्सिनाले विद्यार्थीकाे राेजाई अनुसार र देश भित्र तथा बाहिर माग हुने जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जाेड दिएका हुन् ।

प्रदेशको शैक्षिक बिकासमा प्रदेश सरकार सराेकारवालाहरूसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको भन्दै मन्त्री तिमिल्सिनाले
कालिका क्याम्पसकाे प्रगति देखेर आफु पनि उत्साहित भएको बताए ।

यहाँका बिद्यार्थीको उत्साहले आफुलाइ पनि थप उर्जा मिलेको भन्दै उनलेे मन्त्रालयकाे तर्फबाट सक्दाे सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल अब शैक्षिक हवका रुपमा विकास हुँदै गएको भन्दै नमुना काम गर्ने शिक्षण संस्थालाई सरकारले सहयोग गर्नुपर्ने बताए ।

शिक्षाको बजेट जहाँतही छितरेर शैक्षिक विकास नहुने बताउदै उनलेे उत्कृष्टता र बिद्यार्थीकाे चापलाई आधार मानेर बजेट छुट्टाउनु पर्नेमा जाेड दिए ।

क्याम्पस प्रमुख घनश्याम पाठकले कालिकामा अहिले ८ हजार भन्दा बढि बिद्यार्थी अध्ययनरत रहेको भन्दै क्याम्पस ब्लकमा भने ४ हजार बिद्यार्थी अध्ययनरत रहेको जानकारी गराए ।

सो अवसरमा पत्रकार कपिल ज्ञवालीसहित उत्कृष्ट बिद्यार्थी,शिक्षक,पूर्व अध्यक्ष लगायतलाइ सम्मान गरिएको थियो ।
क्याम्पस सञ्चालन समितिका अध्यक्ष होमबहादुर गलामीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।