बुटवल,१८ मंसिर ।
बुटवल स्थित बुटवल कालिका क्याम्पसको ११ औं वार्षिकोत्सव तथा अभिवाक दिवस आजदेखि सुरु भएको छ ।
सप्ताहब्यापी कार्यक्रमकाे आज लुम्बिनी प्रदेशका पुर्ब मुख्यमन्त्री लिला गिरीले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले कोठाको घोकन्ते विद्याले मात्रै विद्यार्थीको सिकाइ पुर्ण नहुने भन्दै पठनपाठनका अलावा विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप जरुरी रहेको बताए ।
उनलेे अतिरिक्त क्रियाकलापले विद्यार्थीको क्षमता अभिबृदि गर्नुकासाथै स्वस्थ र सक्षम खेलाडी उत्पादन भइ देश बिदेशमा नाम र दाम कमाउन सकिने उल्लेख गरे ।
अहिलेको अबस्थामा बिद्यार्थीहरु बिदेश जाने सोचमा आफ्नो पढाई नबिगार्न आग्रह गर्दै उनलेे विद्यार्थीहरुको कम्जोर मानसिकताका कारण धेरै विद्यार्थी बिदेशीएकोमा चिन्ता व्यक्त गरे ।
साे अवसरमा क्याम्पस सञ्चालक समिति अध्यक्ष होम गलामिले शिक्षा क्षेत्रमा आफ्नो गुणस्तर सुधार गर्दै जान विद्यार्थीहरुलाइ आग्रह गर्दै अबको समय गुणस्तरीय, प्रतिस्पर्धा र प्रविधिको भएकोले त्यसलाइ ख्याल गर्दै अगाडि बढ्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा क्याम्पस प्रमुख घनश्याम पाठकले स्थापनाको छोटो समयमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरे ।
क्याम्पसले हाल बिसिए, बिबिए, बिएड, बिए र स्नातकोत्तर तह एमए आरडी तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनलेे बताए ।
मंसिर २४ गतेसम्म मनाउने सप्ताहव्यापी कार्यक्रम अन्तरगत अन्तर संकाय छात्र टेबल टेनिस, छात्रा भलिबल, छात्रा २०० मिटर दौड, ४०० मिटर दौड, १००४ मिटर दौड प्रतियोगिता रहेका छन ।
बार्षिकाेत्सवकाे अवसरमा विद्यार्थी तथा प्राध्यापक शिक्षकहरुले क्याम्पस र रामनगर आसपास सरसफाइ गरेका थिए ।






