बुटवल,१८ मंसिर ।
बुटवल स्थित बुटवल हस्पिटल प्रा.लि.मा ९५ बर्षिय बृद्वकाे सफल शल्यक्रिया भएको छ ।
आजभोली बिरामीहरुका लागि शल्यक्रिया (अप्रेशन) गर्ने कुरा समान्य जस्तै बन्दै गएको छ । तर शल्यक्रिया गर्नका लागि अन्य धेरै कुराहरु मिलेको हुनुपर्छ । त्यति हुर्दा हुदै पनि उमेर अवस्था पनि एउटा महत्वपुर्ण पाटो हो । तर ९५ वर्ष पुरा भएका एक जना जेष्ठ नागरिकको हिम्मतले चिकित्सकहरुलाई पनि शल्यक्रिया गर्ने प्रेरणा दिएको छ ।
स्वास्थ्य अवस्था समान्य नै भएपनि हर्नियाको समस्याबाट ग्रसित गुल्मी अर्वेनीका रुक्मागत न्यौपानेले बुटवल हस्पिटल प्रा.लि.मा शल्यक्रिया भएको हो । उमेर अवस्थाले गर्दा घर परिवारदेखि स्वयंम चिकित्सकहरुले पनि निर्णय लिन नसकिरहेको अवस्थामा बिरामी न्यौपानको हिम्मतको अगाडि उमेर गौण बनेको छ ।
बुटवल हस्पिटल प्रा.लि.मा मा न्यौपानको दायां भागमा रहेको हर्नियाको केहिदिन अघि शल्यक्रिया भयो । आजभन्दा ५ वर्ष अघि पनि उजले बुटवल हस्पिटलमै बायां भागको हर्नियाको शल्यक्रिया गरेकाे अस्पतालले जनाएको छ ।
बुटवल हस्पिटल प्रा.लि.का बरिष्ठ सर्जन डा कृष्ण खनाल र डा बृखराज जोशीको टिमले न्यौपानेको सफल शल्यक्रिया गरेको हो । शल्यक्रियामा एनेसथेसिया विभागका डा प्रलाद अधिकारी सहितको टिमले साथ दिएका थिए । “उमेर अवस्थाले उहांको शल्यक्रिया गर्ने कि नगर्ने निर्णय लिन निकै धौ धौ परेको थियो तर बिरामीको हिम्मतले हामी सबैलाई गलायो, हामीले बुटवल हस्पिटलमै दुवै हर्नियाको शल्यक्रिया गरेका छौं । उहां पुर्णरुपमा स्वस्थ्य भएर घर फर्किनु भएको छ ।” शल्यक्रियाका सहभागि डा खनालले भने ।
अस्पतालबाट विदा भएर घर फर्किदा ९५ बर्षिय बृद्व रुक्मागदले आफुलाई निकै आराम मिलेको महसुस गरेकाे भन्दै अस्पताल र स्वास्थ्यकर्मीहरुको टोलीलाई आर्शिवाद दिएकाे हस्पिटलले जानकारी दिएको छ ।
आधुनिक उपकरण र चिकित्सकहरुको संयोजनमार्फत हस्पिटलले सबै खालका शल्यक्रियाहरु गर्न थालेको अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले जानकारी दिए ।








