बुटवल,१४ मंसिर ।
लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एक विदेशीसहित २८९ जना
विद्यार्थी दीक्षित भएका छन् ।

विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा शुक्रबार एक कार्यक्रमकाबीच प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधि सहित विभिन्न संकायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका हुन् ।

प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे भने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे ।

ललितपुर जन्मिएका ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७ औं विश्वविद्यालय सभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।