काठमाडौं,१० मंसिर ।
पाकिस्तानमा भइरहेको नेत्रहीन टी-२० विश्वकप क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ ।

सोमबार भएको खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराउदै पहिलो जित निकालेको हो ।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनाएको थियो ।

नेपालका लागि पदम बढाइलाले सर्वाधिक ९२ रन जोडे । नरेश चौधरीले ७२ रनको योगदान गरे ।

२२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२० रन जोड्न सक्यो। उसका लागि अबासिनले ५३ रन बनाए ।

बलिङमा नेपालका सुनिल मगरले ३ विकेट लिए ।

यसअघिका दुई खेलमा भने नेपाल पराजित भएको थियो । नेपालले श्रीलंका र बंगलादेशसँग हार बेहोरेको थियो ।